
काठमाडौं । बर्दियाको जब्दीघाटस्थित बबई नदीमाथिको पुल १० वर्षदेखि बनाउन शुरु गरको पुल निर्माण पुरा गर्नु पर्ने माग गर्दै आमरण अनसन बसेका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमको माग भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरा गर्ने भएका छन्।
प्रतिनिधि सभाको चालु अधिवेशनमा अनुपस्थित भई विगत पाँच दिनदेखि १५ सूत्रिय माग राख्दै जब्दीघाटस्थित बबई नदीको भत्किएको पुल मुनी अनसन बसिरहेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका गौतमको माग १० दिन भित्र पुरा गर्ने मन्त्री ज्वालाले प्रतिवद्धता व्यक्त गरेका हुन्।
प्रतिनिधि सभाको विकास समितिमा बुधबार बोल्दै मन्त्री ज्वालाले पुल निर्माधिन रहेकै अवस्थामा भत्किएकाले त्यसको भत्किएको संरचना हटाएर वर्षातको समयमा डुबान र कटानको समस्या समाधान गर्न हुने भन्दै १० दिन भित्र नयाँ टेण्डर आव्हान गर्ने जानकारी दिएका हुन्।
पुल भत्किएको ठाउँमा रिले अनशनमा बसेका बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गौतम भने भत्किएको पुलको समस्या समाधान नभएसम्म अनशन बस्ने बताइसकेका छन्। सांसद गौतमसँगै लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी पनि आमरण अनशनमा बसेका छन्।
मन्त्रालयका सचिव केशव शर्माले डिजाइन एन्ड बिल्ड मोडालिटीमा नयाँ पुल बन्ने भन्दै चार सय ३५ मिटर लामो पुलको एउटा पिल्लर नै भासिएको र अब नयाँ पिल्लर राखिने बताए।

गत वैशाख २० गते शनिबार साँझबाट पुलमुनी आमरण अनसन बसेका गौतमले बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौती गर्न नहुने आदि मागसहित अनशन बसेका हुन्।
प्रतिनिधि सभामा चैत २४ गते र वैशाख १५ गते जब्दीघाटको पुल निर्माणको लागि सरकारको ध्यानाकर्षण गराउँदा समेत माग पुरा नभएको भन्दै गत वैशाख ३० गते बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आमरण अनसन बस्ने जानकारी दिएका थिए ।
’पुल भासिएको ६ वर्ष बितिसक्दा पनि निर्माण गर्न सरकारले चासो नदेखाउँदा गुलरिया र बारबर्दिया नगरपालिकाका करिब १ लाख बासिन्दा प्रभावित भएको सांसद गौतमको गुनासो थियो ।
०७४ साउन २८ गते बाढीले भासिएको पुल पप्पु कन्स्ट्रसनले निर्माण गरेको थियो। तर, पुल ०७९ साल असोज २० गते आएको बाढीले बगाई दियो । पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने गुलरिया—रम्मापुर सडक खण्डमा सवारी साधन आउजाउ बन्द छन्।



ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...