नक्कली भुटानी शरणार्थी प्रकरणका ठगहरुलाई गाडी दिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नक्कली भुटानी शरणार्थी प्रकरणका ठगहरुलाई गाडी दिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतकाअनुसार मियाँ सिंहदरबार भित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

पछिल्लो अवस्थामा पक्राउ परेकाहरुसँग बयान लिने क्रममा ठगीको क्रममा उनको गाडी प्रयोग भएको भन्दै प्रकरणासँग जोडिएपछि मियाँ पनि पक्राउ परेको जनाइएको छ। पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो।

प्रहरी स्रोतकाअनुसार यस प्रकरणमा मियाँको पनि संलग्नता पाइएपछि बिहीवार सिंहदरबार परिसरभित्रैबाट पक्राउ गरिएको हो। उनले चढ्ने गाडी भने यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवमे सचिव टोपबहादुर रायामाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ ४, १३: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ ४, १३: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ ४, १३: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...