नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा ‘होल्डमा’ छ, एक महिना भित्रै प्रमाणिकरण हुन्छः प्रधानमन्त्री – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा ‘होल्डमा’ छ, एक महिना भित्रै प्रमाणिकरण हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुबै सदनबाट दुई–दुई पटक पारित भएर राष्ट्रपति कार्यालयसम्म पुगे पनि त्यो होल्डमा रहेको बताएका छन्।

प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले अघिल्लो संघीय संसदबाट पारित भएको नागरिकता सम्वन्धी विधेयक हाल राष्ट्रपति कार्यालयले सो बिधेयक ‘न फिर्ता, न खारेज, न अरु बाटो, होल्ड गरिएको अवस्थामा छ।

उनले भने ‘नागरिताका विधेयकको पोजिसन क्लियर छैन। सो विधेयक प्रमाणिकरण गर्न मैले राष्ट्रपतिज्यूलाई आग्रह गरेँ। कानूनबिद्हरुसँग सल्लाह गर्दा नयाँ राष्ट्रपतिले प्रमाणिकरण गरे हुन्छ भन्ने सुझाव आएको छ। राष्ट्रपतिज्यूले पनि अध्ययन गर्छु, सल्लाह गर्छु भन्नु भएको छ।’

जनता समाजबादी पार्टीका सांसद दिपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिना भित्र नागरिकता विधेयक जसरी भए पनि आउने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि सदनले संकल्प प्रस्ताव ल्याउने वा मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने भन्ने विकल्प रहेको स्पष्ट पारे।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ ४, १४: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ ४, १४: ४६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ ४, १४: ४६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...