प्रधानमन्त्री भन्छन्– दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको पनि छानबिन हुन्छ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानमन्त्री भन्छन्– दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको पनि छानबिन हुन्छ

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणसहित राजदरबार हत्याकाण्ड, गौर हत्याकाण्ड र मदन भण्डारी मृत्यु प्रकरणको विषयमा समेत सरकारले छानबिन गर्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सबै हत्याकाण्ड र भ्रष्टाचारका काण्डको छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

स्वतन्त्र सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिन कहिले हुन्छ भनी सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सबै हत्याकाण्डको छानबिन गर्ने तयारीमा आफू हरेको बतााएका हुन्।

प्रधानमन्त्री दाहालले ललिता निवास, यति, ओम्नी, वाईडबडी भ्रष्टाचार काण्डको छानबिन गरिने बताए । हाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको कुनै हस्तक्षेप र दबाब बिना नै काम गरिहेको भन्दै जस्तासुकै भिभिआईपीलाई समेत नछाड्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ ४, १५: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ ४, १५: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ ४, १५: ००

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...