भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले झापाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। प्रहरी स्रोतका अनुसार उनलाई शरणार्थी ठगी प्रकरणमा जानकारी लिन र सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई आज विहीबार नै झापाबाट काठमाडौं ल्याइएको हो।

पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए। उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि २०७६ जेठ ३० गते बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका मोरङ्को पथरी निवासी सागर राईले दिएको बयानको आधारमा उनलाई पनि पक्राउ गरिएको हो। सागर राईले नेता रिजाललाई समेत सात लाख रुपैयाँ दिएको बयान दिएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ ४, १८: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ ४, १८: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ ४, १८: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...