काठमाडौं । आमसञ्चारमाध्यमहरुले पाउँदै गरेको लोककल्याणकारी विज्ञापन आगामी जेठ १५पछि उपलब्ध नगराउने बिज्ञापन बोर्डको निर्णयबिरुद्ध संचारकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनबापत उलब्ध गराउने सुविधा कटौतिका कारण साना लगानीका स्वरोजगार मिडियाहरु आर्थिक समस्याको बढी मारमा पर्ने भन्दै संचारकर्मीहरु आन्दोलित भएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ उपत्यका समिति र काठमाडौं शाखा, नेपाल प्रेस युनियन काठमाडौं शाखा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज लगायतका संचारआवद्ध संस्थाहरुको नेतृत्वमा बिज्ञापन बोर्डमा धर्ना दिने कार्यक्रम भएको छ।
बिज्ञापन बोर्डको लोककल्याणकारी विज्ञापन जेठ १५ पछि उपलब्ध नगराउने निर्णय विरुद्ध प्रारम्भिक आन्दोलनको संघर्षका लागि जेठ ७ गते आइतवार र ८गते सोमबार विहान ९ः३० बजेदेखि संचारकर्मीहरुले बिज्ञापन बोर्डको कार्यालय घेराउ गरेका छन्। संचारआबद्ध ति संस्थाहरुले बक्तव्य जारी गर्दै बोर्डको निर्णय फिर्ता लिन आग्रह समेत गरेका छन्।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...