काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख (मेयर) देबकुमार नेपाली इमेज सहकारी संस्थाका बचतकर्ताको करोडौं रकम हिनामिना गरेर तीन दिनदेखि बेपत्ता भएका छन्।
ढोरपाटनमा रहेको ईमेज सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत रहेका नगरप्रमुख नेपालीसहित सहकारीका ६ पदाधिकारीलाई गृह मन्त्रालयले भने यात्रा अनुमतिमा रोक लगाइएको छ।
गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको हो। गृहको निर्देशनअनुसार उनीहरुलाई कालो सूचीमा राखिसकिएको छ।
यात्रा अनुमतिमा रोक लगाएपछि उनीहरु हवाई र स्थलमार्गबाट देश छाड्न पाउने छैनन्। यसरी यात्रा अनुमति प्रतिवन्द लगाईएकाहरुमा सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाही छन्।
मेयर नेपालीसहित सहकारीका पदाधिकारीहरु जेठ छ गते शुक्रबारदेखि नै सम्पर्कविहीन छन्। ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
सहकारीका बचतकर्ताहरुले शुक्रबार सहकारीमा धर्ना दिएपछि जेठ ५ गते मेयर समेत रहेका नेपालीले उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यवाहकको पत्र दिएर सम्पर्कविहीन बनेका थिए।
बचतकर्ताले आफ्नो रकम संकटमा परेको भन्दै एक महिना दिन अगाडि नै सहकारी घेरेका थिए। अध्यक्ष नेपालीले जग्गा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए। सहकारीले १ अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको अनुमान गरिएको छ ।
सहकारीका सञ्चालकहरु बेपत्ता भएपछि पोखराका बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए। सो विषयमा महानगरपालिकाले पनि अनुसन्धान गरिरहेको छ।
पोखरा महानगरपालिकाको सहकारी महाशाखाले भने सहकारीको सम्पति रोक्का पत्राचार गरिसकिएको बताए। वैशाख २८ गते देवकुमार नेपाली, पोखराका मेयर धनराज आचार्यसहित महानगरमा छलफल गरी सम्पति विवरण मगाएर रोक्का राख्न पठाइएको थियषे।
मेयर नेपाली, उनकी श्रीमती छेला नेपाली, अहिलेका सञ्चालक र व्यवस्थापकसहित भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सम्पति रोक्का गर्न पठाइएको छ। भूमि व्यवस्थापन विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गरिसकेको छ ।
ढोरपाटन नगरप्रमुख नेपालीको बुर्तिवाङस्थित रातो आलिसान महल –
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...