सांसद रायामाझीसहित ३२ लाई राज्यविरुद्ध अपराध, ठगी, संगठित अपराध र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस (नामसहित) – Naya Bikalpa
April 20, 2024, Saturday
नक्कली भुटानी शरणार्थी ठगी प्रकरण

सांसद रायामाझीसहित ३२ लाई राज्यविरुद्ध अपराध, ठगी, संगठित अपराध र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस (नामसहित)

काठमाडौं । नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम ठगी गर्ने कार्यमा ३२ जनाको संलग्नहरुमा मुद्धा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयलाई सोमबार सिफारिस गरेको छ।

प्रहरीले सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझीसहित पक्राउ परेका १६ र फरार १६ गरी ३२ जनालाई राज्यबिरुद्धको अपराध, ठगी, संगठित ठगी र सरकारी कागजात किर्ते गरेको दाबीसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको यस प्रकरणमा रायामाझीसहित उनका छोरा सन्दिप, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री वालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा निरज राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्वसांसद आङटावा शेर्पाबिरुद्ध मुद्धा चलाउन प्रहरीले सिफारिस गरेको छ।

प्रहरीले गत चैत १२ गते पहिलोपटक पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका सहयोगी केशव दुलालसहित चार जना पक्राउ परेपछि संगठीत अपराधमा अनुसन्धान शुरु गरेको थियो।

यो प्रकरणमा संलग्न गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम असुल गरेको अनुमान गरिएको छ। १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा चलाउन प्रहरीले राय दिएको छ।

भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो।  तर त्यसवेला पक्राउ परेका दुलालाई तत्कालिन राजनीतिक दबाबमा छाडिएको थियो।

सो प्रकरणमा नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका उच्च पदस्थहरू पक्राउ परेका छन्। ठगीमा पूर्वगृहन्त्री खाँणका स्वकिय सचिव नरेन्द्र केसी, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरिएको छ।

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, पूर्वगृहमन्त्री थापाको सुरक्षा सल्लाहकार राईका छोरा नीरजलगायत फरार छन्। पीडितहरूको उठाएको पैसा लेनदेनमा संलग्न भएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ।

सम्बन्धित समाचार

यी प्रदेशमा वर्षा र हिमपात हुने
यी प्रदेशमा वर्षा र हिमपात हुने
  • २०८० जेष्ठ ८, १८: ३६

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०८० जेष्ठ ८, १८: ३६

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...

काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
  • २०८० जेष्ठ ८, १८: ३६

काठमाडौं । गत चैत २७ गते राप्रपाले काठमाडौं गरेको जनप्रदर्शनका क्रममा विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको...