सांसद केसीको प्रश्न ओलीलाईः नक्कली भुटानी शरणाथी कीर्तेको सूचना प्रहरीलाई किन नदिएको? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सांसद केसीको प्रश्न ओलीलाईः नक्कली भुटानी शरणाथी कीर्तेको सूचना प्रहरीलाई किन नदिएको?

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी कीर्तेको सूचना थाहा पाएर पनि किन नदिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद केसीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा शुरुदेखिको जानकारी भएर पनि प्रहरीलाई नेता ओलीले सूचना नदिएको गुनासो व्यक्त गरेका हुन्।

केसीले भुटानी शरणार्थीको वास्तविक तथ्याङ्क थाहा भएको र नक्कली प्रतिवेदन देखाएर सर्बसाधरणबाट रकम असुल भएको थाहा पाएर पनि पूर्वप्रधानमन्त्री ओलीले प्रहरीलाई किन जानकारी नगराएको हो भन्ने प्रश्न गरेका हुन्।

उनले भने, ‘उहाँ (केपी ओली)लाई सम्मानसाथ मेरो आग्रह छ, नक्कली भुटानी शरणार्थीको सन्दर्भमा हरेक दोषीहरू सुरुदेखि थाहा छ भन्ने जुन बाहिर र संसदमा पनि केही अभिव्यक्ति गर्नुभएको छ । कृपया उहाँले खबर गरेर तिनीहरूमाथि कारबाही गर्न किन हिचकिच हो मलाई थाहा छैन।’

एमाले अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको बताएका थिए।

नीति तथा कार्यक्रममाथि को छलफलमा भाग लिँदै कांग्रेसका सांसद केसीले भनसुनको राजनीति र मनसुनको खेतीले राष्ट्रिय अर्थतन्त्र धान्नै नसक्ने बताए। उनले भने, ‘भनसुनको राजनीति र मनसुनको खेतीले अर्थतन्त्र धान्दैन । यसले राष्ट्रिय अर्थतन्त्रलाई दिशानिर्देश गर्दैन ।’

उनले दोहोरीमात्रै नभई संसद्मा उठेका प्रश्नहरूलाई समेट्दै लानुपर्ने उनले बताए। ‘प्रमुख प्रतिपक्षले उठाएको कतिपय कुराहरू पूर्वाग्रही होलान्। तर, कतिपय कुराहरू, सुझावहरू समेट्दै लानुपर्छ । उसले उठाएको मात्रै होइन, अरु दलहरूले उठाएको विषयमा पनि छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने।

नेता केसीले विधिविहिनता र दण्डहिनताको अन्त्य गर्न, संघीय शीक्षा नीति ८ वर्षमा पनि बन्न नसकेकोले चाँडो ल्याउन र त्रिभुवन विश्वविद्यालयकै अनुकरण गरेर प्राथमिक विद्यालय खोले जस्तै गरी अन्य विश्वविद्यालय स्थापना गर्ने होडबाजी अनुचित भएको बताए। केसीले १३ वटा विश्वविद्यालय नै हाललाई उपयुक्त भएको बताए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ ९, १५: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ ९, १५: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ ९, १५: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...