भन्सार छली ल्याएको सामान छुटाउन प्रहरीलाई घुस दिने गुप्ता पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भन्सार छली ल्याएको सामान छुटाउन प्रहरीलाई घुस दिने गुप्ता पक्राउ

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका –२ त्रिनगर व्यारल नजिकै भारतबाटमा भन्सार छलीको समान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन्।

भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको समान पास गरिदिन आग्रह गर्दै बुधबार प्रहरीलाई घुस दिन खोज्ने भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दकाअनुसार गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध समान भित्राउन प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेका थिए।

गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध, पाउडर लगायत बरामद भएको छ। बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० जेष्ठ १०, १३: ५९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० जेष्ठ १०, १३: ५९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८० जेष्ठ १०, १३: ५९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...