गरिवका छोराछोरी सरकारी र धनीका नीजिमा पढाउने प्रबृत्तिले देश बन्छ? – Naya Bikalpa
April 19, 2024, Friday
पाँच महिनापछि सदन आएका सांसद भण्डारीको भावुक संवोधन

गरिवका छोराछोरी सरकारी र धनीका नीजिमा पढाउने प्रबृत्तिले देश बन्छ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले पाँच महिनापछि प्रतिनिधि सभाको बैठकमा भावुक संवोधन गरेका छन्।

गत पुस ३ गते ग्यास चुहावटबाट शरिर जलन भएपछि भारतमा चार महिना लामो उपचारबाट नेपाल फर्किएका सांसद भण्डारीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आफू ठूलो दुर्घटनाबाट वाँच्न सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे।

ग्यास चुहावटपछि फैलिएको आगोबाट शरिर जलन भएर गम्भीर घाईते भएका भण्डारीको भारतको मुम्बई स्थित नेसनल बर्न असप्तालमा एक सातासम्म सघन उपचार कक्ष (आईसीयु)मा उपचार पछि होस खुलेको थियो।

संसद सचिवालयमा खटिएका मर्यादापालकको सहायतामा डायसमा आएर कुसीमा बसी सम्बोधन गरेका भण्डारीले आफू ग्यास चुहावटपछिको जलन गम्भीर घाईते भई उपचार भए पनि सोही घटनामा आमा गुमाउनु परेको भन्दै बर्षेनी एक सय १० जनाभन्दा बढीको जलनपछि उपचार नपाएर मृत्यु हुने गरेको बताए।

सांसद भण्डारीले प्रविधि र विज्ञानको विकाससँगै गाउँ गाउँमा ग्यास, विजुली र ठूला सवारीको प्रयोग बढे पनि त्यसको उचित प्रयोग बारे पर्याप्त जानकारी र शिक्षा दिन नसक्दा धेरै नेपाली जलनसहित दुर्घटनाबाट ज्यान गुमाउन बाध्य भएको बताए।

‘हामी नदी दोहन गर्न प्रयोग भएका ठूलो डोजर देख्छौं तर बालुवा खोस्रिएर जीविकोपार्जन गर्ने श्रमिक देख्दैनौं’, सांसद भण्डारीले भने,‘नेपालमा जलनको उपचार गर्ने एकसे एक विशेषज्ञ चिकित्सकहरु छन् तर भौतिक पूर्वाधार र उपचार कोषको खाँचो छ। पाठ्यक्रम बनाउनेहरु विजुली, ग्यास र सवारीको प्रयोगका विषयमा सामान्य जानकारी समेत समाबेस गर्न सक्दैनन्, जसले दुर्घटना निम्त्याउने गर्छ।’

नेपालीसँग ज्ञान र अनुभव भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको भन्दै सांसद डा. भण्डारीले विश्वका धेरै देशले हिंसात्म द्वन्द्वलाई पार लगाउन नसकेको अवस्थामा नेपालीहरुले द्वन्द्वको सफल व्यवस्थापन गरेको घटनालाई विर्सन नहुने बताए।

उनले भने, ‘गुणस्तरिय शिक्षा आर्जन गर्ने भनिए पनि राज्यको नीतिका कारण गरिवका छोरा छोरी सरकारी स्कुलमा र धनीका छोराछोरी निजी बोर्डिङ स्कुलमा पढ्ने गरेका छन्। यस्तो प्रणालीले देशमा दुई किसिमको जनशक्ति उत्पादन गरिरहेको छ।’ भ्रष्टाचारका कारण नेपालीको पासपोर्टको महत्व विश्वस्तरमा घटिरहेको भन्दै नीति र कार्यक्रममा रुपान्तरणको खाँचो रहेको भण्डारीले बताए।

 

सम्बन्धित समाचार

यूएईविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने
यूएईविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने
  • २०८० जेष्ठ १०, १५: ४३

  काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग टस हारेर पहिला ब्याटिङको...

बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा
बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा
  • २०८० जेष्ठ १०, १५: ४३

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको आरोपमा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको...

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
  • २०८० जेष्ठ १०, १५: ४३

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आगामी वैशाख ९...