काठमाडौं । सत्तारुढ जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले संघीय संसदमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको भनी असन्तुष्टि जाहेर गरेका छन्।
प्रतिनिधिसभा बुधबार बसेको बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्न खोजे जस्तो देखिएको बताए।
प्रदेश र स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्य संघीयताको मूल मर्म र भावनाविपरीत रहेको भन्दै उनले प्रदेश र स्थानीय तह संघका पार्टनर रहेका, तर इकाइ नभएका बताए । उनले भने ‘यो नीति तथा कार्यक्रमले संघीयता विरोधी भाग बोक्ने काम गरेको छ।’
संघको नाम पहिचानको आधारमा राख्नुपर्ने यादवले प्रदेशलाई प्रहरी हस्तान्तरण पनि गर्नुपर्नेमा जोड दिए। संविधानप्रदत्त अधिकार प्रदेश र स्थानीय तहलाई उपयोग गर्न दिन नीति तथा कार्यक्रमले केही नसमेटिएको भन्दै अध्यक्ष यादवले आपत्ति जनाए।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...