काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी प्रकरणमा संलग्न रहेका ३३विरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो।
यस प्रकरणमा पहिलो व्यक्ति पक्राउ परेको ६०औँ दिनमा मुद्दा दर्ता भएको हो । दुई महिनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई सोमबार प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलले मुद्दा दायर गरेका हुन्।
सबै अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित अपराध र राज्यविरूद्धको अपराध गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ। मद्दामा २७ करोड २१ लाख बिगो माग गरिएको छ।
प्रतिवादीविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकासहित तेस्रो देश पठाउन रकम असुली गरी ठगी गरेको अभियोगमा मुद्दा दर्ता भएको हो। लिखत किर्तेसम्बन्धी कसुर, राज्यविरुद्धको अपराध र संगठीत अपराधमा मुद्दा दायर भएको छ।
उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन्। अरू थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको थियो।
शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले का निलम्बित सचिव तथा निलम्वित सांसद पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका सहयोगी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन्।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...