काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धानमा जस्तोसुकै दबाब आए पनि आफूले झेल्ने तर प्रहरीलाई निष्पक्ष छानबिनको वातावरण बनाएको बताएका छन्।
विहीबार बिहान गृह मन्त्रालयमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए।
उनले प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको जनाउँदै कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको दाबी गरे।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पु¥याउने काम गर्न मिल्दैन, दोषीलाई कुनै पनि नाममा छुट दिन हुँदैन। कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर प्रहरीलाई निर्देशन दिएको छु।’
उनले प्रहरी कुनै षडयन्त्रको शिकार नभएको जनाउँदै कतिपयले चर्चामा आएका प्रसंगहरुमा प्रहरी पुगेन कि भन्ने आशंका नगर्न आग्रह गरे। प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको भन्दै उनले भने, ‘थुप्रै व्यक्तित्वको नाम आएको छ, तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी होला भन्ने हामीले बुझ्नुपर्छ।’
‘कसैलाई कोही मुछ्न नपर्नेलाई पनि मुछ्यो कि भन्ने जस्तो पनि लागेको छ । कसैलाई मान्छे त आउनुपर्ने अन्तै छ, आएन भन्ने लागेको छ,’ उनले भने, ‘दुवैलाई हेर्दा के बुझ्नुप¥यो भने बयान र तथ्य प्रमाणका आधारमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर पुष्टि भएको आधारमा अगाडि बढाउनेमा प्रहरी छ ।’
घटनामा संलग्न कुन पार्टीको हो ? कुन घरानासँग सम्बन्धित छ ? वा कसको नाता पर्ने हो भन्ने कुराको अपराधसँग साइनो नहुने भन्दै उनले राष्ट्रलाई हानि–नोक्सानी हुने काम जसले गरेको छ, त्यसलाई निष्पक्ष छानबिन गरेर कानुनको दायरामा ल्याउने बताए।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...