काठमाडौँ । संघीय संसदको चौथो ठूलो राष्ट्रिय दलको मान्यताप्रापत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूबिरुद्ध अदालतमा मुद्धा हाल्ने कानून व्यवसायी प्रति लक्षित गर्दै घण्टीले बजाई दिने धम्कीसहितको चेतावनी दिएका छन्।
विहीबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै अध्यक्ष लामिछानेले आफूबिरुद्ध मुद्धा हालेर इरिटेड गरिएको कारण देखाउँदै पार्टीको चुनाव चिन्ह ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ’ भन्दै सांकेतिक रुपमा आक्रोस पोखेका छन्।
कानून व्यवसायी सिन्धुलीका युवरा पौडेल ‘सफल’ले लामिछानेबिरुद्ध दिएको मुद्धा सर्वोच्च अदालतले बुधवार दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका हुन्।
‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ रबीले भनेका छन्, ‘सर्वोच्च अदालतको २०७९माघ १३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छु।’
चार बुँदामा धारणा सार्वजनिक गरेका उनले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको र अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफैसँग भएकाले २०८०–जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको जानकारी दिएका छन्।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...