चिनियाँ दूतावासको टोली राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा – Naya Bikalpa
February 21, 2024, Wednesday

चिनियाँ दूतावासको टोली राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भेट्न चिनियाँ दूतावासको टोली बिहीबार दिउँसो पार्टी कार्यालय बसुन्धरा पुगेको छ।

चिनियाँ दुतावासका डिसिएम वाङ सीनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो। रास्वपाको तर्फबाट छलफलमा उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल सहभागी थिए।

भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचार मात्रै भएको रावलले बताइन्। पार्टी कार्यालय बसुन्धरामा भएको संक्षिप्त भेटघाटमा नेपाल–चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो। चिनियाँ टोलीले रास्वपाका विषयमा पनि चासो राखेको थियो।

सम्बन्धित समाचार

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० जेष्ठ ११, १८: १५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० जेष्ठ ११, १८: १५

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०८० जेष्ठ ११, १८: १५

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...