काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नाराबाजीसहित वेल घेराउ गरिएपछि बैठक २० मिनेटको लागि स्थगित भएको छ।
सत्तारुढ नेकपा माओबादी केन्द्रका सांसद राजन दाहालले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ‘विगतमा सरकारको नेतृत्व गर्नेहरुले पशुपति नाथको मन्दिरमा सुनको भन्दै पित्तलको जलहरी राखेर अनियमिता गरेको’ भनी अभिव्यक्ति दिएका थिए।
बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सवा १२ बजे मात्र बसेको थियो। बैठकको कारबाही प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।
एमाले सांसदहरुले उठेर बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले संसदीय दलका नेता पदम गिरी र एमाले संसदीय दलका नेता तथा पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ्गलाई बोल्नको लागि समय दिएका थिए।
एमाले संसदीय दलका नेता नेम्वाङ्ग र प्रमुख सचेतक गिरी दुबैले माओबादी केन्द्रका सांसद दाहालको भनाइृ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेका थिए। त्यसपछि सभामुख घिमिरेले सदनको अबरोध हटेमा छलफल गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर, एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसहितका नेताहरु माओबादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले छलफल गरेर त्यस्तो अभिव्यक्तिको छानबिन गर्ने भन्नासाथ नाराबाजी गर्दै रोष्टम घेर्न गएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन्। आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...