
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर हत्याकाण्डका मुख्य दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिने सम्वन्धमा गृहमन्त्रालयले रित नपुर्याई पठाएको सिफारिस फिर्ता गरेका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून, यससम्बन्धी अदालतबाट भएको फैसला, सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानून बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो।
राष्ट्रपति कार्यालयले सो फायलसँगै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई समेत राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...