काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार उनलाई पार्टीको विधानबमोजिम सो विभागको प्रमुखमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा विश्वकर्मा कांग्रेस संसदीय दलको सचेतक थिए। सुनसरीका स्थायी वासिन्दा विश्वकर्मा पार्टी सभापति देउवा निकट मानिन्छन्। यसअघि सो विभागको जिम्मेवारी केन्द्रीय सदस्य तथा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई दिइएको थियो।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...