
विराटनगर । कोशी प्रदेशको नाम फेर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका एलभी (लिम्बुवान भोलेन्टियर्स)फोर्सका कार्यकर्ता कालो रंगको हेलमेट र सञ्चार सेटसहित कोशी प्रदेश सभा घेर्न जाँदा प्रहरीसँग झडप भएको छ।
कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका कार्यकर्ता र प्रहरीबीच देवकोटा चौकमा झडप भएको छ। प्रहरीले २५जना कार्यकर्तालाई आज बिहान र दिउँसो विराटनगरका बेग्ला बेग्लै ठाउँबाट पक्राउ गरेको हो।
प्रदेशसभा घेराउ गर्ने उद्देश्यले विराटनगरको देबकोटा चौकमा भेला भएकाहरुमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएपछि दुबै पक्षबीच झडप भएको थियो।
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन्। करिव एक दर्जन व्यक्तिहरु एलभी लेखिएको हेलमेट लगाएको समूहलाई प्रहरीले पक्राउ गरेको छ।
गत पुस १७ गते प्रदेश १ को नाम कोशी प्रदेश नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो।
पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशन आज दिउँसो २ बजे बस्ने भएपछि त्यसलाई लक्षित गर्दै आन्दोलनको तयारी गरेका थिए। विराटनगरमा युवा दस्ता निर्माणको शुक्रबार घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए। आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका थिए।
आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो। प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै निषेधाज्ञा जारी गरिसकेको छ।
पहिचान पक्षधरको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एकै रङ्को हेलमेट लगाएका छन्। ‘एलभी’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको युवा संगठन लिम्बुवान भोलेन्टयर्सको सांकेतिक नाम हो।
आन्दोलनमा उत्रिएका कार्यकर्तालाई भोलेटियर्सले नै हेलमेट र कालो रङको टिसर्ट उपलब्ध गराएको बताइन्छ। गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन्।
आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बु लाजेहाङको चैत १० गते मृत्यु भएको थियो। उनको मृत्युपछि गाउँ केन्द्रीत आन्दोलन गरेर पहिचान पक्षधरले युवालाई संगठित गरी तालिम पनि दिएको थियो।
मञ्चले एलभी फोर्स, किरात राई यायोख्याले किरात फोर्स, सञ्जुहाङ पालुङ्वा नेतृत्वको समूहले युवाहरुको काङ्सोरे फोर्स तयार गरेको थियो। प्रदेश सभा भवन युवाहरुको समूहले घेर्ने तयारी गरेपछि पक्राउ परेकाबाट प्रहरीले लाठी, भाटा, गुलेली पनि बरामद गरेको छ। उनीहरुले आन्दोलन सञ्चालन गर्न भन्दै प्रयोग गरेको ४ वटा संचार सेट (वाकीटाकी) प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको छ थियो।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...