
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन्।
ललितपुरमा सोमबार आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले टिकापुर हत्याकाण्डमा जन्मकैदको घोषणा गरेको कैदीलाई आममाफी दिनु सर्वोच्च अदालतको निर्णयमाथी बलमिच्याईँ भएको बताएका हुन्।
थापाले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर स्पस्ट नहुँदै कानूनको बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने बताए।
‘सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन हुँदैन’, थापाले भने, ‘यो राजाको शासन नभएकाले कसैको हुकुम चल्दैन। प्रचलित कानुनलाई मिच्न हुँदैन। राष्ट्रहित विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुन्छ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए।
थापाले संसदमा सांसदले बोलेको कुरा मेटाएको प्रति पनि आपत्ति जनाएका छन्। उनले तीन शीर्ष नेताको निर्णयमा संसदमा रेकर्ड भएको अभिव्यक्ति मेटाउने भए अब संसदमा बोल्नुको अर्थ नभएको पनि बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...