सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट – Naya Bikalpa
April 19, 2024, Friday
कोखदेखि शोकसम्म कार्यक्रम घोषण

सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट

काठमाडौं । सरकारले सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ज्येष्ठ नागरिकभत्तासहित सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको जानकारी दिए।

उनकाअनुसार यसअघिको सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिइएको हो। कोखदेखि शोकसम्म भन्ने नाराका साथ सरकारले ६८ वर्ष उमेर पुगेका प्रत्येक नागरिकलाई ज्येष्ठ नागरिक भत्ता र ६० वर्षदेखि नै दलित, एकल महिला, अपाङ्ग भएका व्यक्तिलाई दिईने भत्तालाई निरन्तरता दिइने छ।
सबै सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत प्रणालीबाट सेवा दिनको लागि व्यवस्था गरिने अर्थमन्त्री डा. महतले बताए। उनका अनुसार सबै लाभग्राहीको बैंक खातामै भत्ता उपलब्ध गराउने व्यवस्था गरिने छ।

सम्बन्धित समाचार

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०८० जेष्ठ १५, १८: ४६

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...

काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
काठमाडौं महानगरले राप्रपालाई कारबाही गर्ने
  • २०८० जेष्ठ १५, १८: ४६

काठमाडौं । गत चैत २७ गते राप्रपाले काठमाडौं गरेको जनप्रदर्शनका क्रममा विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको...

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०८० जेष्ठ १५, १८: ४६

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...