
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोषको रकम सांसदले आफूखुसी खर्च गर्न नपाउने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरिएको बजेटको विषयमा जानकारी दिन मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा.महतले भने,
‘सांसद विकास कोषको छुट्टै व्यवस्था बजेटमा गरिए पनि पहिलेको जस्तो सांसदले तजविजी अधिकार प्रयोग गर्न पाउँदैनन्।’
अर्थमन्त्री डा. महतले अहिले बजेटमा व्यवस्था गरेको कोष संचालनको लागि सांसदले सिफारिस मात्र गर्न पाउने र सम्वन्धीत मन्त्रालयले नै ठेक्का लगाउने व्यवस्था गरिएको बताए। मन्त्री डा. महतले त्यस्तो कोष सञ्चालनको मनिटरिङ पनि सम्वन्धीत मन्त्रालयले नै गर्ने बताए।
अर्थमन्त्री महतले सांसद विकास कोषको रकम आफ्नो निर्वाचनको कुठा ठाउँमा खर्च गर्न आवश्यकतन छ भन्ने विषय भन्ने कुरा संघीय संसदका सदस्यलाई थाहा हुने बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...