
काठमाडौं । नेपाली कांग्रेसकी पूर्वकेन्द्रिय सदस्य तथा नेपाल महिला संघकी पूर्वअध्यक्ष मीना पाण्डेको ७२ वर्षको उमेरमा निधन भएको छ।
पद्मकन्या बहुमुखी क्याम्पसकी प्रथम स्ववियू सभापति समेत रहेकी पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद थिइन्।
२०२५ सालदेखि राजनीतिमा सक्रिय पाण्डे पार्टीको ११औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बनेकी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...