कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत र मन्त्री फिर्ता लियो जसपाले – Naya Bikalpa
April 26, 2024, Friday

कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत र मन्त्री फिर्ता लियो जसपाले

 

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै मन्त्री पनि फिर्ता बोलाएको छ।

कोशी प्रदेशको इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउँदै सरकारलाई दिएको विश्वासको मत समेत फिर्ता लिने निर्णय गरेको हो।

गत पुस २४ मा नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो। जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरू गरेको छ।

प्रदेशमा जसपाको एक जना सांसद लिम्बू मात्रै हुन्। संवैधानिक प्रक्रिया अनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

कोशी प्रदेश सभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद छन्। सत्तारुढ चार दल काग्रेस, माओबादी र नेकपा एस र जसपाका सांसदको सङ्ख्या ४७ मात्र हुन्छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार निर्माण गर्न जसपाकी एक सांसदको भूमिका निर्णायक मानिन्छ। सभामुखका नेकपा माओबादी केन्द्रबाट बनेको हुँदा सत्तारुढ दल र विपक्षी नेकपा एमाले र राप्रपाका सांसदको सङ्ख्या ४६ हुन आउँछ।

सुविधाजनक बहुमतका साथ प्रदेश सरकार संचालनका लागि सत्तारुढ कांग्रेस र माओबादी केन्द्रले ६ सीट रहेको राप्रपासँग सहकार्य गर्ने विषयमा छलफल गरिरहेका छन्। सत्तारुढ गठबन्धनको सुविधाजनक बहुमत नरहेका कारण अन्य सबै प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार बने पनि कोशी प्रदेशमा भने नेकपा एमालेको रहेको प्रदेश सरकारले निरन्तरता पाईरहेको छ।

सम्बन्धित समाचार

अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
  • २०८० जेष्ठ १७, १३: १८

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए  विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
  • २०८० जेष्ठ १७, १३: १८

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत पाएका छन् । कुल ४० सदस्यीय मध्ये प्रदेश सभाको बैठकमा ...

राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
  • २०८० जेष्ठ १७, १३: १८

काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’मा करिब ५ सय लेखिका र लेखकका जारी...