काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट संघीय सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका पार्टीको मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुसहित कोशी प्रदेशका १४ जना पार्टीको जिल्ला सभापतिहरुले कोशी प्रदेशको नामाकरण पुनर्विाचार गर्न आग्रह गरेका छन्।
प्रदेश नम्वर १ को नामाकरण प्रदेश सभाको बहुमत सदस्यको समर्थनमा ‘कोशी’ नामाकरण गरेपछि पहिचानका पक्षधरहरुले गरेको आन्दोलतप्रति ऐक्यवद्धता जनाउँदै जिल्ला सभापतिहरुले बुधबार विज्ञप्ति जारी गर्दै जनताले आफ्नो माग सुनावाईका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको भत्सर्ना गरेका छन्।
१४ जिल्ला सभापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिरोधको सुनुवाई कांग्रेसको नेतृत्वले गर्नु पर्ने भन्दै नेपाली कांग्रेस समावेसी र संघीयताको मर्म आत्मासथ गर्ने पार्टी भएकाले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्वन्धमा सहासिक निर्णय लिन पार्टीको प्रदेश तथा केन्द्रीय नेतृत्व समक्ष आग्रह गरेका छन्।
कांग्रेस जिल्ला सभापतिहरुले कोशी नाम सम्वन्धनमा पुनािर्वचचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दै आन्दोलनको क्रममा घाईते भएका प्रहरी र आन्दोलनकारीको यथोचित उपचारमा ध्यान दिन आग्रह गरेका छन्।
उनीहरुले संयमित विरोध र विरोधको सम्मान गर्न आव्हान गर्दै मानवअधिकारको सम्मान गर्न समेत आग्रह गरेका छन्। कोशी प्रदेशमा १४ जिल्ला छन्।
यसरी प्रदेशको नामाकरण पुनर्विचार गर्न आग्रह गर्दै विज्ञप्ति जारी गर्नेहरुमा कांग्रेसको खोटाङ जिल्ला सभापति विष्णु कुमार राई, उदयपुर जिल्ला सभापति हिमाल कार्की, झापा जिल्ला सभापति देउ कुमार थेबे, संखुवासभाका जिल्ला सभापति दीपक खड्का, सुनसरी जिल्ला सभापति केदार भण्डारी, ओखलढुंगा जिल्ला सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु जिल्ला सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम जिल्ला सभापति अर्जुन तुम्बाहाम्फे, इलाम जिल्ला सभापति डम्मर खड्का, पाँचथर जिल्ला सभापति रुपनारायण जगेबु, धनकुटा जिल्ला सभापति दिनेश राई, भोजपुर जिल्ला सभापति विनोद राई वान्तवा र ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्याहाङ रहेका छन्।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...