नागरिकता विधेयक प्रमाणीकरण भएकोमा निधीले गरे स्वागत – Naya Bikalpa
July 24, 2024, Wednesday

नागरिकता विधेयक प्रमाणीकरण भएकोमा निधीले गरे स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति विमलेन्द्र राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा हार्दिक स्वागत गर्दै आभारसमेत प्रकट गरेका छन्।

पूर्वउपप्रधानमन्त्री निधीले नागरिकता विधेयक प्रमाणिकरण भएको ऐतिहासिका कार्यका लागि संसद, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै विधेयक प्रमाणीकरण भएसँगै संसदीय लोकतन्त्रको मान्यता र संविधानअनुसार संसदको सर्वोच्चता कायम भएको बताएका छन्।

निधीले नेपालको संविधानले नागरिकता सम्वन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको जनाउँदै बुबा र आमा दुबै नेपाली नागरिक भएर पनि वर्षौैंदेखि नागरिकता नपाएका तिनका सन्तानहरुका समस्या समाधान हुने विश्वास व्यक्त गरे।

‘०७२ असोज ३ गते संविधान जारी हुनु अघि जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले विधेयक प्रमाणीकरण भएसँगै बंशजको नागरिकता पाउने छन्’, निधीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्,‘संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई बंशजको नागरिकता दिने व्यवस्था गरेको छ।’

संविधानको व्यवस्थाबमोजिम नागरिकता ऐन निर्माण नहुँदा त्यस्ता नागरिकका सन्तानले नागरिकता पाउन नसकेको जनाउँदै निधीले नागरिकता नपाउँदा अध्ययन तथा रोजगारीका अवसरबाट बंचित भएको र बोनाफाईड नागरिक भएर पनि नागरिकता बिहिन जीवन र पुस्ता निर्मौर्णले हुन सक्ने अवाञ्छित द्वन्द्वको स्थायी सामाधान भएको जनाएका छन्।

उनले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यस किसिमका सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० जेष्ठ १७, १८: ०२

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० जेष्ठ १७, १८: ०२

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० जेष्ठ १७, १८: ०२

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...