साडे दुई करोड ठगी गर्ने मेडिसिटी अस्पतालका ३ कर्मचारी पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

साडे दुई करोड ठगी गर्ने मेडिसिटी अस्पतालका ३ कर्मचारी पक्राउ

काठमाडौं । प्रहरीले नेपाल मेडिसिटी अस्पतालको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको गर्ने अस्पतालका तीन कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले अस्पतालको विलिङमा घोटाला गरेर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा अस्पतालको विलिङ शाखाका प्राविधिक प्रमुखसहित तीनजनालाई पक्राउ गरेको हो।

प्रहरीकाअनुसार नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा विलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका हुन्।

ती कर्मचारीहरुले अस्पतालमा भर्ना भएका बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिएपनि कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाएर रकम ठगी गरेका हुन्।

नेपाल मेडिसिटी अस्पतालले सुक्र नामको एचएमआईएस सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज बास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्कभन्दा कम शुल्क सफ्टवेयरमा इन्ट्रि गरी दुई करोड ६३ लाख ५५ हजार एक रुपैंयाँ लिएर ठगी गरी अस्पताललाई घाटा पुर्याएको भन्दै अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको थियो ।

प्रहरीले दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं.४ घर भई भक्तपुर ठिमी वस्ने विगतमा सो अस्पतालमा एक्जुकेटिभ आईपी बिलिङको रुपमा कार्यरत ३४ वर्षका राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी नगरपालिका ११ चापागाउँ वस्ने २९ वर्षका सनम देशार र काठमाण्डौं ४ वालुवाटार वस्ने ३४वर्षका आशिष अर्याल समेत तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुलाई अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएर बिस्तृत अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २४, १४: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २४, १४: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० जेष्ठ २४, १४: १६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...