एमालेका नेता तथा पूर्वराज्यमन्त्री चौधरीको निधन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमालेका नेता तथा पूर्वराज्यमन्त्री चौधरीको निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ। बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उनको निधन भएको हो।

केही महिना अगाडि काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उनको हर्नियाको अपरेशन गरिएको थियो। उपचारपछि दाङ फर्किएका उनको केहीदिन यता खुट्टा चल्न छाडेको थियो।

गएराति स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई बुधबार मृत घोषणा गरेको उनका छोरा सुशील चौधरीले जानकारी दिए।

चौधरी उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए र २०५४ मा स्थानीय विकास राज्य मन्त्री भएका थिए। उनी संविधानसभा सदस्य पनि भएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २४, १४: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० जेष्ठ २४, १४: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० जेष्ठ २४, १४: २५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...