
काठमाडौं । कोशी प्रदेश नामाकरणको आन्दोलन आफनो पार्टीप्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठक अबरुद्ध गर्नुअघि बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन सक्दैन भने पार्टीले आफना नेता र कार्यकर्ताको सुरक्षा आफै गर्नेसमेत बताएका हुन्।
सताधारी पहिचानबादीहरुले एमालेका नेताहरुलाई मात्र आक्रमण गरेको जनाउँदै सरकारले सुरक्षा दिन सक्दैन भने हामी हाम्रो सुरक्षा आफै गर्ने सरकारलाई चेतावनी दिए।
‘कहिले हाम्रो अध्यक्षमाथि हमला हुन्छ, कहिले मुख्यमन्त्रीमाथि हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका को को संलग्न छन्? हामी भिडियो र फोटो देखाउन तयार छौं,’ सांसद भट्टराईले भने, ‘मधेसमा एमालेलाई लखेटने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पुर्वमा एमालेलाई लखेटने भनियो, २०७० पूर्वताप्लेजुङसम्मका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...