पशुपतिनाथको जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा खतिवडाको आपत्ति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पशुपतिनाथको जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा खतिवडाको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदमा सांसदले बोलेको विषय रेकर्डवाट हटाउने परम्पराको अन्त्य हुनु पर्ने भन्दै पशुपतिनाथमा चढाइएको सुनको जलहरी प्रकरणका विषयमा सांसदहरुले बोलेको बिषय हटाएकोमा आपत्ति समेत जनाएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद खतिवडाले भने, ‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ ।’

उनले संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनवाट पशुपतिको सुनको जलहरी नहटेको जिकिर गरे।

पशुपति नाथमा चढाइएको सुनको जलहरीमा घोटाला भएको भनेर संसदमा बोल्ने नेकपा माओबादी केन्द्रका सांसद लेखनाथ दाहालको भनाई माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहपछि प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले दाहालको भनाई रेकर्डबाटै हटाएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० जेष्ठ २६, १८: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० जेष्ठ २६, १८: ३८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० जेष्ठ २६, १८: ३८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...