एयरपोर्टमा गोली हानाहान, प्रहरीको गोलीलागेर एक घाईते – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

एयरपोर्टमा गोली हानाहान, प्रहरीको गोलीलागेर एक घाईते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहानै प्रहरीसँग गोली हानाहान परेको छ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर खोलेको जनाइएको छ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोकाअनुसार लागूऔषधका कारोबारीले प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गर्दा लागूऔषधका एक कारोबारीलाई घुँडामुनि गोली लागेको छ।

प्रहरीकाअनुसार घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ। निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको प्रहरीले जनाएको छ। कारोबारीको साथबाट १०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ।

लागू औषध कारोबारीले फायर खोलेपनि उनको साथबाट हतियार बरामद भए नभएको बारेमा प्रहरीले केही खुलाएको छैन ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० जेष्ठ २८, १२: ५८

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८० जेष्ठ २८, १२: ५८

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८० जेष्ठ २८, १२: ५८

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...