विश्वकर्मा प्रमुख रहेको कांग्रेस प्रचार विभाग सदस्यमा ३९ मनोनयन (नामावलीसहित) – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
विभाग प्रमुख भएको तीन सातामै पूर्णता

विश्वकर्मा प्रमुख रहेको कांग्रेस प्रचार विभाग सदस्यमा ३९ मनोनयन (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागको मा मीन बहादुर विश्वकर्मालाई नियुक्त गरेको तीन सातामै विभागलाई पूर्णता दिएको छ ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले विभागको प्रमुखमा विश्वकर्मालाई गत जेठ १२ गते नियुक्त गरेका थिए। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सो विभागको सदस्यमा पूर्वसांसद दिपकप्रसाद कुईंकेल, संचारकर्मीहरु गोपाल झा, लोकराज ढकाल, गंगाधर पराजुलीसहित ३९ जनालाई मनोनयन गरिएको छ।

विभाग सदस्यमा मनोनीत पराजुली नेपाल प्रेस युनियनका पूर्वबरिष्ठ उपाध्यक्ष र न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष भइसकेका हुन् । झा रेडियो पत्रकारितमा क्रियाशिल छन् भने झापाका संचारकर्मी ढकाल रेडक्रसकर्मी पनि हुन्।

खनाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिको अध्यक्ष हुन् भने उमिद वागचन्द नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष हुन्। यस्तै विभागको सदस्यमा मनोनीत भएका गोविन्द परियार, मोती पौडेल, इन्द्र रिजाल, पवन अधिकारी, राजबहादुर गुरुङ, दिपेन्द्र वान्तवा, लवदेव ढुंगाना र गोविन्द मरासिनी सक्रिय पत्रकारितामा छन् ।

अन्य सदस्यहरुमा कृष्णप्रसाद बस्याल, तिलक राई, चन्द्रेश्वर खत्वे, शीला इजम, सन्तबहादुर चेपाङ, राजु मास्के, चेतराज रेग्मी, मिथलेस मिश्र, कमला पाण्डे, फुलमाया सुनार, राघव गौतम, अनुषा नेपाल र निगम हुमागाइँ छन्।

त्यस्तै, हुकुमबहादुर बुढा, रम्भा मिश्र, दिनेशविक्रम शाह, सुरेश यादव, मो. ओजिर देवान, पूर्णबहादुर नेपाली, अशोकनाथ योगी, विष्णुप्रसाद तिम्सिना, सज्जन ठाकुर, गणेश केसी, प्रकाश खरेल र बिनोद मोक्तान पनि प्रचार विभागको सदस्यमा मनोनित भएका हुन्।

विभाग सदस्यमध्ये काठमाडौंबाट५, सुनसरीबाट ३, रुपन्देही, महोत्तरी, मोरङ, स्याङ्जा, काश्की रौतहट र सुर्खेतबाट २–२ जनाको प्रतिनिधित्व छ । त्यस्तै, ताप्लेजुङ, पाँचथर, झापा, संखुवासभा, धनुषा, पर्षा, मकवानपुर, चितवन, काभ्रे ललितपुर, तनहुँ, पाल्पा, रोल्पा, कालिकोट, अष्ट्रेलिया र बेलायतबाट १–१ जना रहेका छन्।

हेर्नुस नामावली –

श्री दिपकप्रसाद कुईकेल – काठमाण्डौ
श्री लिलाराज खनाल – काठमाण्डौ
श्री अनुषा नेपाल –काठमाण्डौ
श्री गणेश के.सी. –काठमाण्डौ
श्री दिनेशविक्रम शाह –काठमाण्डौ
श्री तिलक राई –सुनसरी
श्री चन्द्रेश्वर खत्वे –सुनसरी
श्री पवन अधिकारी –सुनसरी
श्री कमला पाण्डे रुपन्देही
श्री फुलमाया सुनार –रुपन्देही
श्री गोपाल झा – महोत्तरी
श्री सज्जन ठाकुर –महोत्तरी
श्री राजु मास्के –मोरङ्ग
श्री चेतराज रेग्मी– मोरङ्ग
श्री इन्द्र रिजाल –स्याङ्जा
श्री गोविन्द मरासीनी – स्याङ्जा
श्री गंगाधर पराजुली –कास्की
श्री राजवहादुर गुरुङ्ग –कास्की
श्री मिथलेश मिश्र –रौतहट
डा. मो. ओजिर देवान –रौतहट
मोती पौडेल– सुर्खेत
श्री पूर्णबहादुर नेपाली –सुर्खेत
श्री शिला इजम –ताप्लेजुङ्ग
श्री लवदेव ढुङ्गाना –पाँचथर
श्री लोकराज ढकाल –झापा
श्री दिपेन्द्र वान्तवा –संखुवासभा
श्री सुरेश यादव –धनुषा
श्री रम्भा मिश्र –पर्सा
श्री सन्तबहादुर चेपाङ्ग –मकवानपुर
श्री राघव गौतम– चितवन
श्री निगम हुमागाई –काभ्रे
श्री विष्णुप्रसाद तिम्सीना –ललितपुर
श्री गोविन्द परियार –तनहुँ
श्री कृष्णप्रसाद वस्याल –पाल्पा
ई. हुकुमबहादुर वुढा –रोल्पा
श्री अशोक नाथ योगी –कालीकोट
श्री उमिद वागचन –कैलाली
श्री प्रकाश खरेल –अष्ट्रेलिया
श्री विनोद मोक्तान– वेलायत

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १, १५: ४०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १, १५: ४०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार १, १५: ४०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...