जवान र हवल्दारमाथि क्रुरतापूर्वक याताना दिने इन्सपेक्टर जोगाउने चलखेल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जवान र हवल्दारमाथि क्रुरतापूर्वक याताना दिने इन्सपेक्टर जोगाउने चलखेल

काठमाडौं । सशस्त्र प्रहरीको झापास्थित भारतको पूर्वी सीमानामा रहेको नकलबन्द नाकामा ड्युटी खटिएका शसस्त्र प्रहरीका एक हवल्दार र तीन जवानमाथि अमानविय किसिमले यातना दिने शसस्त्र प्रहरी निरिक्षकलाई जोगाउन शसस्त्रको नेतृत्वमाथि नेकपा एमालेका शीर्ष नेताले दबाब दिएका छन् ।

मंगलबार राति नकलबन्दा सीमा सुरक्षार्थ खटेका सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, जवानत्रय रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राईलाई सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राईले क्रुरतापूर्वक वाँसको भाटाले कुट्दै पानीमा चोपलेका थिए।

ड्युटीमा रहेका जवान पासाङसहितलाई सिभिल पोशाकमा गएका शसस्त्रका इन्स्पेक्टर राईले एक घन्टासम्म बाँसको भाटाले कुट्दै पानीमा चोपलेको देखेपछि स्थानीयले रोकेका थिए। नकलबन्दा नाकाका इन्चार्ज शसस्त्र प्रहरी नायव निरिक्षक (एसई) माधव खत्रीले कुटपीटबाट जोगाउन खोज्दा पनि इन्स्पेक्टर राईले मेची खोलामा चोबल्दै ती चारजनालाई कुटपिट गरेको थिए।

कर्तव्य पालन गरिरहेका शसस्त्रका प्रहरीमाथि सादा पोशाकका व्यक्तिले कुटपिट गरेको देखेपछि स्थानीयहरु प्रतिवाद गरी बचाएका थिए। तर नेकपा एमालेका नेता तथा एक नम्वर प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईको भतिजा पर्ने भन्दै उनले आफूलाई कसैले छुन नसक्ने भन्दै पहिले हेल्मेटले अनि खोलामा पुर्याएपछि पानीमा चोपल्दै बाँसको भाटाले मरणासन्न हुने गरी कुटेका थिए।
इन्स्पेक्टर राई सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाका साथ त्यस स्थानमा गएका थिए। सहकर्मी कुट्नका लागि तामाङ र बास्तोलाले पनि इन्स्पेक्टर राईलाई साथ दिएको स्थानीयले जनाएका छन्।

स्थानीयहरु र अन्य प्रहरीहरु भेला भइसकेपछि घाईते प्रहरी जवानहरुले शरिरमा भएको चोट लुगा खोलेरै देखाएका थिए। घाईते प्रहरीको तस्वीर दर्दनाक देखिन्छ । शसस्त्रको नेतृत्वले भने सार्वजनिक स्थलमै आफ्ना प्रहरीमाथि यातना दिने इन्स्पेक्टर राईलाई निलम्बन समेत गरेको छैन् । उनलाई जोगाउन एमालेका शीर्ष नेताले नै दबाब दिएपछि सो घटनालाई सामसुम बनाउने प्रयत्न भएको छ।

इन्सपेक्ट।र राईलाई अझैसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन् । उनीबाट शसस्त्रका अन्य कर्मचारीहरु पनि त्रसित रहेको स्थानीयहरु बताउँछन्।

सो घटना जाँचबुझ गर्न सशस्त्र प्रहरी बलले कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

घटनाको छानबिनका लागि कोसी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। तर एसपी हुमागाइँमाथि राजनीतिक दबाब परेपछि मुख्यालयले अतिरिक्त महानिरिक्षककै नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १, १७: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १, १७: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार १, १७: ००

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...