औचित्यहिन मोर्चावन्दी – Naya Bikalpa
September 30, 2023, Saturday

औचित्यहिन मोर्चावन्दी


प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा आज चार दल सहभागी समाजबादी मोर्चाको घोषणा हुँदैछ । तर यो मोर्चा गठनको औचित्य, उदेश्य, उपयोगिता र क्रियाशिलता अनि संरचना कस्तो हुने भन्ने स्पष्ट छैन् । लोकतान्त्रिक प्रतिष्पर्धामा विश्वास गर्ने दलहरुले गठबन्धन गर्नु वा मोर्चाबन्दी गर्नु लोकतान्त्रिक मुल्य र मान्यता विपरितको कार्य हो । लोकतन्त्रमा मोर्चाबन्दी र गठबन्धन गर्नु एकाधिकारवादी सोच र कार्यशैलीको संशोधित रुप हो । यदी समान उदेश्य वा सिद्धान्त हो भने ती दलहरुबी कार्यगत एकता वा मोर्चाबन्दी नभएर एउटै दल बनाउन सक्नु पर्छ । नत्र फरक फरक राजनीतिक दर्शन, सिद्धान्त, उदेश्य र संगठनात्मक संरचना भएका दलहरुबीच गरिने मोर्चाबन्दीको औचित्य केही हुँदैन । यस्तो औचित्यहित मोर्चाबन्दीले कार्यकर्तामा उत्साह होइन, निराषा पैदा गर्छ ।

‘भ्यागुताको धार्नी’ भने झैं स–साना दल आ–आफ्नो नीति र कार्यक्रम लिएर कार्यकर्ता, शुभेच्छुक र समर्थकमा जान छाडेर केन्द्रमा शीर्ष नेताहरुको स्वार्थ बमोजिम गरिने मोर्चाबन्दी साधक नभएर घातक बन्ने सम्भावना बढी हुन्छ । कार्यकर्तामा निरासा र अन्यौलता ल्याउने निश्चित छ । समाजबादी राज्यसत्ताको परिकल्पना गरेको हो भने त्यस्तो लक्ष्य संविधानले नै निर्दिष्ट गरेको छ । यस्तो अवस्थामा उदेश्य समान हो भने पार्टी एउटै किन बन्न सकेन? विवेकशील र चेतनशील नागरिक र ती दलका कार्यकर्ता वा शुभेच्छुकले प्रश्न गरे भने उत्तर स्पष्ट छैन ।

राजनीतिमा कहिले काहीँ समान उदेश्य प्राप्तिको लागि निश्चित समयसम्म मोर्चाबन्दी गर्न सकिन्छ । यसरी गरिने मोर्चाबन्दी आन्दोलन वा संघर्षको समयमा गरिनु स्वाभाविक हो । के सत्तामा बसेर कुनै संघर्ष वा क्रान्तिको रिहर्षल गरेको हो र चार दलले? होइन भने यो मोर्चाको औचित्य कतैबाट पुष्टि हुँदैन ।

यसबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि सत्तामा बसेर सुविधा लिन वा राज्य दोहनको उद्देश्यले यस्तो मोर्चाबन्दी गरिएको हो । सत्तामा बसिरहन वा सम्भावित सत्ताबहिर्गमनलाई टार्न यस्तो मोर्चाबन्दी गरिएको हो भने शुभेच्छुक र कार्यकर्ताको लागि यो प्रीय नहुन सक्छ । पद वाँडफाँट गर्न नसकिने वा पदलोलुप भएकाले वा सत्ता छाड्न नसकिएकाले मोर्चाबन्दी मात्र गरिएको हो भन्न सक्नु पर्छ । नत्र फरक फरक सिद्धान्त र आदर्श बोकेका दलहरुले गठन गरेको मोर्चाबन्दी फगत निरुद्देश्य कार्यकर्ता भुलाउने वा सत्ता घटक र सत्तासाझेदारलाई तर्साउने साधन मात्र बन्न सक्छ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

बिपी र उनको राष्ट्रलाई योगदान
बिपी र उनको राष्ट्रलाई योगदान
  • २०८० असार ४, १६: १६

नेपालको पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसको संस्थापकमध्येका एक नेता हुन्, विश्वेश्वर प्रसाद कोइराला । जसको ११०औं जन्मजयन्तीका दिन...

सेनाको आकार र यसको रणनीतिक महत्व
सेनाको आकार र यसको रणनीतिक महत्व
  • २०८० असार ४, १६: १६

केही दिन यता नेपाली सेनाको विषयलाई लिएर सार्वजनिक टिकाटिप्पणी गरिँदैछ । सेना अर्थात देश र देशवासीको रक्षा र सुरक्षाको लागि...

बाढी पाहिरोको जोखिमप्रति संवेदनशील बन
बाढी पाहिरोको जोखिमप्रति संवेदनशील बन
  • २०८० असार ४, १६: १६

यो वर्षको मनसुन शुरुवातसँगै देशका विभिन्न भागमा भारी वर्षातपछि आएको बाढी र पहिरोबाट जन–धनको क्षति हुन थालेको छ । यस्तो...