काठमाडौं महानगरले १ वर्षभित्रमा ५ हजारलाई रोजगारी दिने मेयरको घोषणा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौं महानगरले १ वर्षभित्रमा ५ हजारलाई रोजगारी दिने मेयरको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्तीमा पाँच हजारलाई आगामी आर्थिक बर्षभित्रमा रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

मेयर साहले बुधबार महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य रहेको नीति तथा कार्यक्रममा घोषणा गरेका छन्।

नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दै, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका छन्। काठमाडौं महानगरको नीति तथा कार्यक्रम मेयर साहले राष्ट्रिय सभाहलमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरेका हुन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार ६, १८: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार ६, १८: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार ६, १८: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...