सशस्त्रका डिआईजी पोखरेलका घुमुवा इन्सपेक्टर राई निलम्वित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
ड्युटीमा रहेका शसस्त्र प्रहरीमाथिको यातना दिएको नकलबन्दा प्रकरण

सशस्त्रका डिआईजी पोखरेलका घुमुवा इन्सपेक्टर राई निलम्वित

काठमाडौं । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख शसस्त्र प्रहरी नायव निरिक्षक (डिआइजी) अन्जनीकुमार पोखरेलका घुमुवा प्रहरी निरिक्षक (इन्सपेक्टर) नवलप्रभात राई निलम्वनमा परेका छन्।

झापाको काकडभिट्टास्थित नकलबन्दा क्षेत्रको भारतीय सीमा क्षेत्रमा खटिएको शसस्त्र प्रहरीको टोलीमाथि इन्सपेक्टर राईले पानी चोपल्दै यातना दिएका थिए। उनको यातनाबाट शसस्त्रका४ जना प्रहरी घाईते भएपछि उनलाई शसस्त्रले निलम्वन गरेको हो।

इन्सपेक्टर राईको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरी हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राईको उपचार भईरहेको छ।

मेचीनगर नगरपालिका ४ नकलवन्दास्थित विओपीमा खटिएका सशस्त्र प्रहरीलाई सीमा नाकामा तस्करसँग अवैध रकम असुली गरेको आरोप लगाउँदै इन्सपेक्टर राई नेतृत्वको टोलीले खोला किनारमा लगेर निर्घात कुटपिट गरेका थिए।

इन्सपेक्टर राई यस अघि मोरङको दक्षिणी सिमान्त क्षेत्र सिक्टी विओपिमा इन्चार्ज भएर बस्दा तस्करी लाइन सञ्चालन गरेर तस्कर सँग मोटो रकम असुली गरेको आरोप लागेको विवादित छविका सशस्त्र प्रहरी हुन्।

यस्तो विवादस्पद छवि भएका शसस्त्रका प्रहरी निरिक्षकलाई डिआइजी पोखरेलले सादा पोसाकमा घुमुवाको रुपमा परिचालन गर्दै सीमा नाकामा खटिएका शसस्त्र प्रहरीबाट मोटो रकम असुली गर्दै आएका थिए।

विगत केही समयदेखि सुनसरी जिल्लाको दक्षिणी सिमावत्ती क्षेत्रबाट मोटो रकम परिणाममा मैदा, चिनी, रजनीगन्धा, कपडा, तस्करी भइरहेका छन्। जसमा डिआइजी पोखरेलको संलग्नता रहेको स्रोतको दाबी छ । डिआइजी पोखरेलले तिनै इन्पेक्टर राईमार्फत तस्करबाट रकम असुली गर्दै आएका छन्।

तत्कालिन प्रदेश १का मुख्यमन्त्री शेरधन राईको नाताले भजितो पर्ने राईलाई घुमुवाको रुपमा परिचालित गर्दै डिआईजी पोखरेलले रकम उठाउँदै आएकोमा उनको उठती धन्दा चौपट भएको शसस्त्र प्रहरीका अधिकृतहरु बताउँछन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार ८, १४: ५१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार ८, १४: ५१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० असार ८, १४: ५१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...