यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालिन प्रमुखसहित ३माथि मुद्दा दर्ता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालिन प्रमुखसहित ३माथि मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सवारी चालक अनुमति पत्र लिने परिक्षामा अनुतिर्ण भएका विधार्थीलाई उत्तीर्ण गराएको आरोपमा शुक्रबार उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। प्रमुख शाहीले लिखित परिक्षामा अनुतिर्ण भएका एक सय ८० परिक्षार्थीलाई उत्तीर्ण गराएर प्रयोगात्मक परिक्षामा सहभागी गराएका थिए।

अख्तियारका अनुसार प्रयोगात्मक परिक्षामा अनुत्तिर्ण भएका दुई सय ८३ जनालाई उत्तीर्ण बनाएको आरोप शाहीविरुद्ध लगाइएको छ। शाहीले प्रयोगात्मक परिक्षामा सहभागी नै नभएका ३९ जनालाई उत्तीर्ण भनेर सिस्टममा प्रविष्ट गरेको दावी गरिएको छ।

आर्थिक वर्ष २०७८÷०७९ मा शाही यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा कार्यरत रहेका बेला सो घोटाला भएको अख्तियारले जनाएको छ।

अख्तियारले सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध पनि मुद्धा दायर गरिएको छ। अख्तियारले शाहीको निर्देशनमा कठरिया र रावलले फिल्ड प्रतिवेदन नै सच्याएको जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार ८, १९: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० असार ८, १९: ५०

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार ८, १९: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...