
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले वर्तमान अवस्थामा नेपाली कांग्रेसको संगठन छियाछिया भएकोलाई यसलाई पुनर्जिवन दिनु पर्ने बेला आएको बताएका छन्।
नेपाल प्रेस युनियन काठमाडौं जिल्ला नवौं अधिवेशनको आइतबार यहाँ उद्घाटन गर्दै तथा पार्टीका संस्थापक नेता बीपी कोइरालाका कनिष्ठ पुत्र डा. कोइरालाले देशमा ठुला ठुला परिवर्तन ल्याउन प्रेसले महत्वपूर्ण भूमिका खेलेको भन्दै कांग्रेसको शुभेच्छुक संस्थाको नाताले युनियनआवद्ध संचारकर्मीहरुले आफ्नो दायित्व निर्वाह गर्ने वेला आएको बताएका हुन्।
उनले हतियारभन्दा कलम धेरै गुणा शक्तिशाली भएकाले कलमको माध्यमबाट पार्टीमा सुधारमा ल्याउनको लागि पत्रकारहरुले खबरदारी गर्नु पर्ने बताए।
‘हामीले ७० वर्ष लगाएर बनाएको वर्तमान संविधानमाथि प्रहार भइरहेको छ । यस्तो अवस्थामा यसको रक्षा गर्नु हामी सबैको कर्तव्य हुन्छ’, उनले भने ।
सो अवसरमा बोल्दै कांग्रेसका सांसद दिपक खड्काले वर्तमान अवस्थामा डा. शशांक कोइराला जस्तो व्यक्तिको भूमिका पार्टीमा खड्किएको बताए । उनले पार्टीको आगामी १५औं महाधिवेशनमा पार्टीको नेतृत्व डा. शशांक कोइरालाले नै लिने बताए।
सो अवसरमा नेपाल प्रेस युनियका अध्यक्ष शिव लम्सालले युनियन लोकतन्त्रबादी संचारकर्मीहरुको साझा संगठन भएकाले यसले सँधै स्वतन्त्र प्रेस र लोकतन्त्रको पक्षमा वकालत गर्ने बताए।
युनियनका पूर्वबरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद दवाडी, बरिष्ठ पत्रकार कबिर राणा, युनियकका उपाध्यक्षहरु नकुल अर्याल, जीवन भण्डारी, अनिल कर्ण, ऋषिकान्त पौडेल, महासचिव दिलिप पौडेल, प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाल, पत्रकार महासंघकी सचिव श्रृजना अर्याल, उपत्यका तथा प्रतिष्ठान प्रदेश अध्यक्ष लिलाराज खनाल लगायतले काठमाडौं जिल्लाको नवौं अधिवेशनको सफलताको शुभकामना दिए ।
वक्ताहरुले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणको नाममा लोकतन्त्रबादी संचारकर्मीमाथि गरिएको विभेदको खुलेर आलोचना गरेका थिए। सो अवसरमा महासंघले निष्पक्ष ढंगले सदस्यता शुद्धिकरण नगरे महासंघका बिरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...