पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सीआईबीले पक्राउ गर्यो, अख्तियारले जोगाएका मालपोतका पूर्वकर्मचारी,

पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह पक्राउ

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ नगरी जोगाएर राखेका मालपोतका पूर्वकर्मचारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ।

ललिता निवासको सरकारी जग्गालाई व्यक्तिको नाममा नामसारी गर्ने क्रममा जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई (सीआईबी)ले अनुसन्धानको दायरामा ल्याउन पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई नै पक्राउ गरेको छ।

मालपोत कार्यालय, गृह मन्त्रालयमा सहसचिवको रुपमा र अख्तियारमा आयुक्तको रुपमा भूमिका निर्वाह गरेका शाहमाथि ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमिततामा घुसबापत पाएको जग्गा आफन्तको नाममा राखेको आरोप छ।

सीआईबीले ललिता निवासको व्यक्तिको नाममा लगिएका बेला शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत रहेको र सरकारले अधिग्रहण गरिसकेको ललिता निवासको जग्गा पुनः सुवर्णशमशेर र उनको परिवारको नाममा फर्काएर भूमाफियाले अनियमितता गरेका थिए।

राणा परिवारसँगको नातेदार समेत रहेका शाहले ललिता निवासको जग्गा व्यक्तिको नाममा फर्काउँदा भूमिका खेल्दै घुसवापत पाएको १ रोपनी ११ आना जग्गा पत्नी उर्मिलाको नाममा राखेको देखिन्छ।

प्रहरीले जग्गा घुस खाएको आरोप लागेका गृहका पूर्वसहसचिव गेहनाथ भण्डारीलाई पनि खोजिरहेको छ। त्यतिबेला शाखा अधिकृत रहेका भण्डारीले सरकारी जग्गा राणा परिवारको नाममा फिर्ता गराइदिन भूमिका खेलबापत पाएका जग्गा सासु सोदाकुमारी चापागाईको नाममा १० आना र पत्नी भुवनकुमार चापागाईँको नाममा एक रोपनी जग्गा प्राप्त गरेका थिए।

अख्तियारले चार वर्षअघि सुधीरकी पत्नी उर्मिला र गेहनाथको पत्नी भुवनकुमारी र सासु सोदाकुमारीलाई मुद्दा चलाए पनि दुई पूर्वसहसचिवलाई भने मुद्दा चलाएन । त्यो बेला गृह प्रशासनबाटै अख्तियारमा पुगेका नविनकुमार घिमिरे अख्तियारमा प्रमुख आयुक्त भएपछि उनीहरुलाई जोगाएका थिए।

सोदाकुमारीकी छोरी तथा गेहनाथको पत्नी भुवनकुमारीले राणा परिवारबाट आफूले जग्गा किनेको दाबी गरेकी थिइन्। आफूले जग्गा किन्दा पति गेहनाथ राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत रहेको भुवनकुमारीले बताएकी थिइन् ।

गेहनाथ र सुधीरकुमारले सरसल्लाह नै गरेर भुवनकुमारी र उर्मिलाका नाममा संयुक्तरुपमा जग्गा राखेको सीआईबी स्रोतको दाबी छ ।सो जग्गा २०६०मा त्यो जग्गा ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकारमध्ये एक मानिएका रामकुमार सुवेदीलाई दिएका थिए ।

ललिता निवास जग्गा अनियमितता छानविन प्रतिवेदन अनुसार, २०४९ कात्तिक २५ र पुस २३ गते गरी दुई पटकको निर्णयबाट ११२ रोपनी ४ आना जग्गा सुवर्णसम्सेरका हकदारहरुका नाममा दर्ता हुने निर्णय भएको थियो ।

ललिता निवासको जग्गा राणा परिवारको नाममा दुईपटक नै फिर्ता दिने निर्णय हुँदा कलाधर देउवा डिल्लीबजार मालपोत कार्यालयको प्रमुख मालपोत अधिकृत थिए । पछि राणा परिवारले इन्द्रबहादुर थापा क्षेत्रीको नाममा दुई रोपनी जग्गा बकस दिएको खुल्यो । अख्तियारले गरेको अनुसन्धानका क्रममा उनी कलाधरको साढुभाइ नाता पर्ने खुलेको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १२, १६: ५२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० असार १२, १६: ५२

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १२, १६: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...