५० लाख दाइजो नदिएको भन्दै बेहुलीलाई मण्डपमै हातपात गर्ने बेहुुला पक्राउ – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

५० लाख दाइजो नदिएको भन्दै बेहुलीलाई मण्डपमै हातपात गर्ने बेहुुला पक्राउ


काठमाडौं । प्रहरीले विवाह मण्डपबाट बेहुलालाई पक्राउ गरेको छ । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा एक जना बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । अमेरिकाको ग्रिनकार्ड प्राप्त रौनियारको यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो ।

विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिएका थिए । जबकि केटा पक्षले पटक पटक गरी २२ लाख रुपैयाँसमेत केटी पक्षबाट लगेको बुझिएको प्रहरीले जनाएको छ ।

विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रौनियार उपर विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० असार १३, ११: २८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० असार १३, ११: २८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० असार १३, ११: २८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...