
काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेश गरेको विनियोजना विधेयक २०८० लाई बहुमतले पारित गरेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको विनियोजना विधेयक २०८० लाई सभासमक्ष निर्णयार्थ पेश गर्दा पक्षमा १४७ सांसदले मत दिएका थिए।
सो प्रस्तावको विपक्षमा भने एक सय आठ मत परेको थियो । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. महतले पेश गरेको विधेयकलाई ध्वनी मतको आधारमा बहुमतले पारित भएको सभामुख घिमिरेले बताए पनि प्रमुख प्रतिपक्षी दलले मत विभाजनको माग गरेका थिए । त्यसपछि सभामुखले मत विभाजनको अधारमा विधेयक पारित भएको बताए।
बुधबारको बैठकमा दुई सय ५५ जना मात्र सांसदको उपस्थिति थियो। पक्षमा सत्तारुढ दलका सांसदहरुले मत हालेका थिए भने विपक्षमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले भोट हालेका थिए । विधेयकको पक्षमा भने एक सय ८ मत परेको थियो ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशरण महतले गत जेठ १५ गते विनियोजना बिधेयक पेश गरेका थिए । सो विधेयकमाथि तीन सातासम्म छलफल भएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...