पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ – कांग्रेस नेता केसी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको पदस्थापन कार्यक्रम

पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ – कांग्रेस नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुननरसिंह केसीले पार्टीको रुपान्तरणका लागि सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट भएर जानुपर्नेमा जोड दिएका छन्।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र विवरण तथा पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रहेको नेता केसीले पार्टी जोगाउन पुनर्जागरण नै एकमात्र विकल्प भएको बताएका हुन्।

पार्टी नेतृत्वले गरेका कतिपय महत्वपूर्ण निर्णयहरु केन्द्रीय सदस्यहरुले सञ्चारमाध्यमबाट थाहा पाउनु परेको भन्दै पदाधिकारीसमेत निरिह बन्नु परेको अवस्था रहेकाले संचारमाध्यमको दबाब आवश्यक भएकोमा जोड दिँदै नेता केसीले भने, ‘हामीले पार्टीलाई बचाउनको निम्ति सामाजिक पुनर्जागरणको आन्दोलन सम्पूर्ण रुपले एक भएर जानुपर्ने आवश्यकता छ ।’

उनले अब पनि वैचारिकको जागरणलाई सशक्त ढङ्गले जनस्तरसम्म पुर्याउन नसक्ने हो भने यसले पार्टीलाई ठूलो क्षति पुग्न सक्ने आशंका व्यक्त गरे।

उनले २००७ सालको क्रान्तिदेखि अहिलेको कांग्रेसको स्थिति केलाउँदा फरक परिस्थिति सिर्जना भएको उल्लेख गर्दै भ्रष्टाचारजस्तो गलत प्रवृत्तिको संरक्षक भन्ने दाग लागेकाले त्यसलाई मेटाउन ठूलो चुनौती रहेको बताए।

कांग्रेसमाथि लागेको दाग चिर्न पनि जनस्तरमा जानुपर्नेमा जोड दिएका नेता केसीले यसलाई वैचारिक जागरणको क्रान्तिका रुपमा अगाडि नबढाउने हो भने कांग्रेसभित्रको निराशाले विकल्प खोज्न थाल्ने भन्दै नेतृत्वलाई गम्भीर हुनसमेत आग्रह गरे।

प्रमाणपत्र वितरण कार्यक्रममा युनियनका पूर्वमहासचिव तथा काँग्रेसका केन्द्रीय सदस्य अजयवावु सिवाकोटीले पार्टी सभापतिले आफूहरुलाई कुनै जिम्मेवारी नदिएकाले कुनै काम गर्न नपाएको जानकारी दिदै युनियनको सक्रियता देखेर लोभ लागेको बताए।

युनियनको नयाँ नेतृत्व आएपछि युनियनका ८ प्रदेश र ६० भन्दा बढी जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने बर्ष २०८० लाई प्रशिक्षण बर्षको रुपमा घोषणा गरेको युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए छ ।

उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा गत जेठ १९ गते काठमाडौँमा भएको थियो । अधिवेशनले लिलाराज खनालको अध्यक्षतामा प्रथम कार्यसमिति सर्वसम्मत गठन गरेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १७, १२: ४१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १७, १२: ४१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० असार १७, १२: ४१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...