
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले राजनीतिक दलको हस्तक्षेपका कारण नेपालको शिक्षा क्षेत्र तहसनहस भएको जनाउँदै नेपालका विश्वविद्यालयहरु राजनीतिक भागबण्डाका कारण थिलथिलो भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी तथा जीपी कोइराला मेमोरियल कलेज चावहिलको १२औं वार्षिकोत्सव कार्यक्रममा महामन्त्री थापाले आज राजनीतिक दलहरुकै कारणले विश्वविद्यालयहरु थला पर्न थालेको बताएका हुन्।
उनले भने ‘हाम्रो निर्वाचन प्रणालीले गर्दा हाम्रो सरकार मिलिजुली बनेको छ। सरकार मिलिजुली भएकोले विश्व विद्यालयको नेतृत्व पनि मिलिजुली बनाउन लाग्यौं र हामीले भागबण्डा गर्न थाल्यौं। भागबण्डाको नाममा सहायक क्याम्पस चिफमा पनि भागबण्डा गरेका छौं अब कन्ट्रोलर वा उपकुलपति वा शिक्षाध्यक्ष विश्व विद्यालयको हुँदैन उ राजनीतिक दलको हुन्छ।’
उनले त्रिविबि सेवा आयोगले गरेका परिक्षामा पनि प्रश्न उठ्ने गरेको भन्दै विद्यालय शिक्षाको अवस्था पनि ओरालो तिर लागेको बताए ।
थापाले विद्यालय शिक्षालाई व्यवस्थित गर्ने संघीय शिक्षाको ऐन संसदबाट पारित हुन नसक्दा धेरै अन्योलता देखिएको छ । अब नेतृत्वले त्यो परित गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने बेला आउको बताए ।
‘सरकाले आगामी वर्षको शिक्षामा छुट्याइएको बजेट हेर्ने हो भने विद्यालय शिक्षाको पूर्वाधार निर्माणको लागि एक अर्ब रुपैयाँ छुट्याएकोछ’ उनले भने, ‘तर जवकि गत वर्षको ऋण तिर्न मात्रै पाँच अर्व छ। हामीले प्राथमिकता छुट्याउन सकेका छैनौं । हाम्रो विश्वविद्यालयको अवस्था झन कहालीलाग्दो छ।’
महामन्त्री थापाले भ्रष्टाचारका विरुद्धमा जस्तोसुकै अनुहारका भएकालाई पनि छाड्दिन भनेर प्रधानमन्त्री अघि बढीरहँदा सिंगो देशले साथ दिँदो रहेछ, दिइरहेको छ र दिनु पर्छ भन्दै यही कुरालाई मनन् गरेर एउटा ऐतिहासिक निर्णय गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।
‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग सतप्रतिशत अलग गर्नु पर्छ । हाम्रा प्राध्यापकहरु राजनीतिक रुपमा सचेत हुनुहुन्छ । तर दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइन्न भन्ने व्यवस्था गर्नै पर्छ’, थापाले भने, ‘यसका लागि पनि भावनामा बगेर हुन्न । कानून नै बनाउनु पर्छ । ऐनमा नै कुनै राजनीतिक दललाई चिन्दैन भन्ने बनाउनु पर्छ । प्रमको यो अभियानमा नागरिकको साथ रहन्छ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...