गणतन्त्रको पहिलो प्रधानमन्त्री म भएँ तर गिरिजाबाबुलाई पहिलो राष्ट्रपति नबनाएकोमा मलाई पश्चात्ताप छ : प्रचण्ड – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गणतन्त्रको पहिलो प्रधानमन्त्री म भएँ तर गिरिजाबाबुलाई पहिलो राष्ट्रपति नबनाएकोमा मलाई पश्चात्ताप छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन्।

जीपी कोइरालाको एक सयौँ जन्मजयन्ती तथा जीपी फाउण्डेसन कलेजको १२औं स्थापना दिवसको अवसरमा चावहिलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गणतन्त्र बहालीपछि आफू प्रधानमन्त्री भए पनि गिरिजाबाबुलाई राष्ट्रपतिको प्रस्ताव गर्न नसक्नु आफ्नो गम्भिर गल्ती गरेको बताएका हुन्।

आफूले कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन नसके पनि विगतकै जस्तो भरोसा र विश्वास आफूलाई गरेको भन्दै आफूले २०६६ वैशाखमा प्रधानमन्त्रीबाट राजीनामा गर्नै लाग्दा पटक पटक राजीनामा नदिन आग्रह गरेको स्मरण गरे।

प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दूरदृष्टि भएकै कारण मुलुकमा गणतन्त्र प्राप्त भएको बताए । उनले पहिलो पटक भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विविधा, अविश्वास, आशङ्काले गिरिजाप्रसादले व्यवहार नगरेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए।

‘बरु मैले गल्ती गरेँ, उहाँले विल्कुल गल्ती गर्नुभएन’, शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले भने, ‘मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै मैले पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहानाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै गणतन्त्र कोइराला नभएको भए आउन नसक्ने पनि बताए ।

उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रीकृत राजतन्त्र ठिक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए ।

‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस ग¥यौ, जनताको अवस्था बदल्न सकेनौ त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ’, प्रचण्डले जनताको अवस्था बदल्न शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा सोही दृष्टिका आधारमा काम गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १८, १३: ३६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १८, १३: ३६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार १८, १३: ३६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...