कोशी प्रदेशमा कांग्रेस नेता थापाको नेतृत्वमा सरकार बनाउने पहल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक

कोशी प्रदेशमा कांग्रेस नेता थापाको नेतृत्वमा सरकार बनाउने पहल

काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने समझदारी भएको हो।

कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कांग्रेसको प्रदेश संसदीय दलका नेता थापालाई अघि सार्ने सल्लाह हामीले दिएका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने।

नेकपा (एमाले) का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो। त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठबन्धनका दलहरूबीच प्रदेशमा कुरा मिल्न नसकेपछि माओवादी केन्द्र र कांग्रेसका नेताहरू काठमाडौं आएका थिए।

कोशीको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए भने कांग्रेसबाट केदार कार्कीले दाबी गरेका थिए।

९३ जना प्रदेश सभा रहेको कोशी प्रदेशमा सत्ता गठबन्धन दलसँग ४७ मत रहेको छ। तर, सत्ता गठबन्धन दल माओबादीका सांसद नै सभामुख भएकाले बहुमत पुर्याउन यो प्रदेशमा सत्ता गठबन्धनलाई सकस भएको छ। सभामुखले पक्ष विपक्षमा मत हाल्न पाउँदैनन्। सभामुखले मत बराबरी भएमा मात्र निर्णायक मत हाल्न पाउँछन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १८, १९: २९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १८, १९: २९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० असार १८, १९: २९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...