काठमाडौं । ‘आषाढ पूर्णिमा’ को पावन अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा सोमबार दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्रीमती सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताउँदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।
अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे बताएका थिए।
दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिनुभएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए।
लुम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि सो क्रममा प्रस्तुत गरियो।
सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गरेका थिए।
सो अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्वका बौद्ध स्थलहरुको प्रदर्शनी पनि राखिएको थियो।
बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिनुभएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ।
यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ। सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताएका थिए।
कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरेका थिए भनी अन्त्यमा चार बौद्ध सूत्रको प्रार्थना गरिएको थियो।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...