उपराष्ट्रपतिद्वारा भारतीय सहयोगमा निर्मित बुढानीलकण्ठ धर्मशालाको उद्घाटन – Naya Bikalpa
September 30, 2023, Saturday

उपराष्ट्रपतिद्वारा भारतीय सहयोगमा निर्मित बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को बुधबार उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्याएको सहयोगको सराहना गरे। भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ।

भारत सरकारको करिब ५ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको सो धर्मशाला नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गतको परियोजना हो।

२०७२ को भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको भारतीय दूतावासले जनाएको छ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले सो परियोजनाको कार्यान्वयन गरेको हो।

नवनिर्मित साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिने विश्वास गरिएको छ। नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्ये एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ।

यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु गगनकुमार थापा र प्रदिप पौडेल, भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको सो उद्घाटन समारोहमा उपस्थिति थियो।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० असार २१, १२: ०४

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० असार २१, १२: ०४

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० असार २१, १२: ०४

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...