कांग्रेसका उद्धव थापा भए कोशी प्रदेशको मुख्यमन्त्री – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

कांग्रेसका उद्धव थापा भए कोशी प्रदेशको मुख्यमन्त्री

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।

थापाले कोशी प्रदेशसभाका ४७ सदस्यको समर्थन गरेको हस्ताक्षरसहित बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रदेश प्रमुख खापुङले कांग्रेसका प्रदेश सभा सदस्य समेत रहेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापाले आफ्नो दलका २९जना, माओवादी केन्द्रका १२जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

कोशी प्रदेशसभाका ९३ जना प्रदेश सभा सदस्य छन्। प्रदेश सरकार बनाउन यहाँ ४७ सदस्यको जरुरी भएकाले सभामुख गौतमले समेत थापाको पक्षमा हस्ताक्षर गरेका छन्।

सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि नेकपा एमालेले भने विरोध जनाएको छ। सभामुखलाई जोडेर मुख्यमन्त्रीमा दाबी पेश गरेकाले सभामुखलाई भविष्यमा नैतिक संकट पर्ने दाबी गरेको छ।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० असार २१, १८: ०३

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० असार २१, १८: ०३

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० असार २१, १८: ०३

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...