गाइघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का वडा अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि हातपात गर्दै दुर्व्यवहार गरेका छन्।
वर्षातको समयमा स्थानीय छिडिखोलाबाट अवैधरुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई वाडध्यक्ष राउतले दुर्व्यवहार गरेका हुन्। वडाध्यले महिलामाथि हातपात गरी अबैध उत्खनन गर्ने गिटि ढुंगा तस्करको पक्षमा उभिएका हुन्।
छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गैरकानूनी रुपमा गिट्टी उत्खनन गरेको पाएपछि त्यस्तो कार्य रोक्न जाँदा स्थानीयलाई गाली गलौज गर्दै हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन्।
वर्षाको समयमा खोलानालामा उत्खनन् गर्नु गैरकानुनी भएको बताउँदै उनले सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात भएको गुनासो गरिन्।
चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रातउले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरेका छन्। वडामा सडक निर्माण चलिरहेकाले गिट्टी निकाल्ने क्रममा सामान्य विवाद भएको राउतले दाबी गरेका छन्।
यसअघि चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका स्वकिय सचिव देवराज राईले स्थानीय एक युवकलाई नगरपालिकामा जागिर लगाई दिने भन्दै घुस वार्गेनिङ गरेको अडियो वाहिरिएपछि मेयर नै बिबादमा तानिएका थिए।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...